close

आठबीसकोट र सानीभेरीमा २७ को मृत्यु

आठबीसकोट र सानीभेरीमा २७ को मृत्यु

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका–२ चाइनाबगरमा सात जनाको मृत्यु भएको छ । उनका अनुसार हालसम्म ४६ जान घाइते भएको विवरण प्राप्त भएको छ ।

प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ । तत्कालका लागि मानिसको उद्धारमा ध्यान दिएकाले भौतिक संरचनामा पुगेको क्षतिको विवरण त्यसपछि मात्रै सङ्कलन गरिने सूचना अधिकारी प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्ले, आठबीसेकोट¬–९ राजी नगर अस्पतालमा उपचार भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले जानकारी दिए ।