close

आज नेपालसामु क्लिन स्विप गर्ने अवसर

आज नेपालसामु क्लिन स्विप गर्ने अवसर

Trulli
ADVERTISEMENT

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज सोमबार घरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने अवसर हुनेछ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि छ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।