close

नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य

नेपाललाई केन्याले दियो २५६ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं । घरेलु टोली केन्याले तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो ।  

आज नेपाल जित निकाल्न सके एकदिवसीय सिरिज क्लिन स्विप गर्नेछ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।