close

केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप

केन्याविरुद्धको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप

Trulli
ADVERTISEMENT

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाललेघरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा जित दर्ता गरेको छ । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपाल ६ विकेटले विजय भएको हो । केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । 

योसँगै नेपालले केन्याविरुद्ध एकदिवसीय सिरिजमा ३-० ले क्लिन स्विप गरेको हो । 

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।