close

महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

महिला साफ च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।