close

साफ च्याम्पियनसिप पाकिस्तानविरुद्ध भारतको जित

साफ च्याम्पियनसिप पाकिस्तानविरुद्ध भारतको जित

Trulli
ADVERTISEMENT

काठमाडौं । हिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजय सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुवात गरेको हो  ।

खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १-० को अग्रता बनाएको थियो ।

खेलको २३ औं मिनेटमा ग्रेस डाङमेई र खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतको जित सुनिश्चित बनाइन् । यस जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ ।