close

क्रिकेट संघबाट सन्दीप निलम्बित

क्रिकेट संघबाट सन्दीप निलम्बित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।  

संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाल क्रिकेट संघबाट कप्तान लामिछानेलाई निलम्बन गरिएको जानकारी दिए ।

मल्लद्वारा जारी विज्ञप्तिमा संघको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा संघबाट निलम्बन गरिएको जनाइएको छ ।

लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो ।