close

सीपीएल छाडेर नेपाल आउँदै सन्दीप

सीपीएल छाडेर नेपाल आउँदै सन्दीप

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग (सीपीएल) बीचमै छाडेका छन् । 

उनीमाथि बलात्कारको आरोपमा लागेपछि सन्दीपले सीपीएल छाडेको घोषणा गरेका हुन् । पक्राउ पूर्जी जारी भएपछि सन्दीपले आफूले सीपीएल छाडेको र केही दिनमै नेपाल आउने जनाएका छन् । 

सन्दीप सीपीएलमा जमैका तालावाहमा आवद्ध भएका थिए । सीपीएलको लिग चरणका खेलहरू नै सेप्टेम्बर २५ सम्म चल्नेछ ।