close

साफ यू-१७ : आज नेपालले भारतको सामना गर्दै

साफ यू-१७ : आज नेपालले भारतको सामना गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले शुक्रबार भारतको सामना गर्दैछ । 

नेपाल र भारतबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । तर, भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।

समूह 'बी' मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।  यू-१७ अन्तर्गत नै शुक्रबार हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्ने छन् ।