close

नेपाल  साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

नेपाल  साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल  साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । 

श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । 

नेपाललाई जिताउन  सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे । खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेका थिए ।

खेलको ४५ औं मिनेटमा सरोजले तथा ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।

समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।