close

पाकिस्तान श्रीलंकासँग पराजित

पाकिस्तान श्रीलंकासँग पराजित

Trulli
ADVERTISEMENT

एसिया कपको सुपर फोरअन्तर्गत शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानविरुद्ध ५ विकेटको सहज जित निकालेको छ ।

शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका वानिन्दु हशरंगा डि सिल्भाले ३ तथा महीश थीक्शना र प्रमोद मधुसनले २/२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले पाकिस्तानले दिएको १२२ रनको लक्ष्य १७ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएर पूरा गर्‍यो ।

श्रीलंकालाई जित दिलाउने क्रममा ओपनर पथुम निसान्काले अविजित ५५ रनको पाली खेले। 

यसअघि नै पाकिस्तान र श्रीलंका एसिया कपको फाइनलमा पुगिसकेका छन् ।

आइतबार हुने फाइनलमा यी दुई टोलीबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ ।