close

बार्सिलोनाको सानदार जित

बार्सिलोनाको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।

यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । काडिज अंकविहीन रहदै पुछारमा छ ।