close

एसिया कप फाइनल आज : पाकिस्तान र श्रीलंका भिड्दै

एसिया कप फाइनल आज : पाकिस्तान र श्रीलंका भिड्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । एसिया कप क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा पाकिस्तान र श्रीलंकाबीच  प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ ।

सुपर चारमा अपराजित रहँदै श्रीलंका फाइनल पुगेको हो । सुपर चारको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो ।

श्रीलंका शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । पाकिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेको छ । फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

श्रीलंका पाँच पटकको च्याम्पियन हो । पाकिस्तानले दुई पटक एसिया कप जितेको छ ।