close

प्रथम मेयरकप: आयोजित टोलिको पोल्टामा

प्रथम मेयरकप: आयोजित टोलिको पोल्टामा

Trulli
ADVERTISEMENT

चितवन । रत्ननगर नगरपालिकाद्धारा आयोजित पालिकास्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत मंसिर २८ गते सुरु भएको खेलमा आयोजक रत्ननगर नगरपालिकाले जित हासिल गरेको छ । 

रत्ननगर नगरपालिका टोली र मादी नगरपालिका टोलीबीच पुस २ गते भएको अन्तिम खेलमा मादीलाई हराउँदै जित हासिल गरेको हो । त्यसै गरी दोस्रो स्थानमा मादी नगरपालिका रहेको नगरपालिकाका  शिक्षा शाखा प्रमुख बद्रीनारायण शर्माले बताए । उनका अनुसार प्रथम बनेको टोलीलाई एक लाख एघार हजार १११ र दोस्रो बनेको मादीको टोलीलाई ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ 
 
प्रतियोगितामा जिल्लाभरीका ७ वटा स्थानीय तहले सहभागी जनाएको उनले पालिकाखबरलाई बताए । 

जिल्लामा फुटवल खेल र अन्य खेलकुदको प्रोत्साहनको लागि नगरपालिकाले फुटवल प्रतियोगिता आयोजना गरेको उनले बताए । युवा लक्षित कार्यक्रम अन्तर्गत आयोजित प्रतियोगिताले युवाहरुमा खेलकुदप्रति रुचि बढाउन सक्ने विश्वास उनको छ ।