close

स्थापना दिवसमा डोरी तान प्रतियोगिता

स्थापना दिवसमा डोरी तान प्रतियोगिता

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकामा डोरी तान प्रतियोगिता हुन लागेको छ । उपमहानगरपालिकाको स्थापना दिवसको  अवसरमा डोरी तान प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिता पुस २१ गते दिउँसो २ बजेदेखि ४ बजेसम्म पब्लिक माध्यमिक विद्यालयको प्राङ्गणमा हुने उपमहानगरपालिकाले जनाएको छ । प्रतियोगितामा इच्छुक समूहले आवेदन दिन सक्ने जनाइएको  छ । 

उपमहानगरपालिकाको अनुसार पुष १७ गतेदेखि २१ गते बिहान १० बजेसम्म आवेदन दिन सक्ने छन् । सहभागी हुने टिममा ९ जना खेलाडी हुनुपर्ने छ ।