close

राष्ट्रपति कपका  लागि खेलाडी छनोट गर्दै भक्तपुर

राष्ट्रपति कपका  लागि खेलाडी छनोट गर्दै भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाले सोमबारदेखि खेलाडी छनोट गर्न थालेको छ । नगरपालिकाले राष्ट्रपति कप रनिङ शिल्प खेलकुद प्रतियोगिताको लागि  खेलाडी छनोट सुरु गरेको हो । 

सोमबार बिहान नगर कार्यपालिकामा नगरप्रमुख  सुनील प्रजापतिले टेक्वाण्डोका रेफ्री बलराम न्हिसुतुलाई खेल सामाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् l

उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदासँगै खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै आएको बताए । 

उनले  खेलाडीहरुले पैसाको निम्ति नभई अनुशासन र प्रतिष्ठानको निम्ति खेल खेल्नुपर्ने जोड दिए । 

 भक्तपुर नपाले पूर्णकालीन खेलकुद प्रशिक्षक नियुक्ति गरी विद्यालयहरुमा खेलकुद प्रशिक्षणलाई जोड दिँदै र समयसमयमा विभिन्न प्रतियोगिता गर्दै आएको सुनाए ।