close

प्युठानमा कर्मचारीमैत्री फुटबल प्रतियोगिता

प्युठानमा कर्मचारीमैत्री फुटबल प्रतियोगिता

Trulli
ADVERTISEMENT

प्युठान । प्युठान नगरपालिकाले मैत्रीपूर्ण फूटबल प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले आगामी माघ ७ र ८ गते  पालिकास्तरीक कर्मचारीहरुको मैत्रीपूर्ण फूटबल प्रतियोगिता आयोजना गरेको हो । 

नगरपालिकाको अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीले माघ ५ गते दिउँसो १ बजेभित्र दर्ता गर्नुपर्ने छ । सोही दिन दिउँसो ३ बजेभित्र टोलीको नाम र समय प्रकासन हुने नगरपालिकाले जनाएको छ । 

प्रत्येक टोलीमा ११ जनाको सहभागी हुनुपर्ने छ । प्रतियोगिता ७ गते बिहान १० बजेदेखि सुरु हुने नगरपालिकाले जनाएको छ ।