close

नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। बनेपामा नगरस्तरीय चौथौ अन्तरविद्यालय राष्ट्रपति रनिङ सिल्ड  प्रतियोगिता सुरु भएको छ । बनेपा नगरपालिकाको आयोजनामा सुरु भएको नगरस्तरीय चौथौ अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो। 

प्रतियोगितामा नगरका संस्थागत र सामुदायिक गरी १४ वटा विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ। प्रतियोगिता १३, १४, १५ र १६ गते बनेपास्थित लायकु मञ्चमा सञ्चालन हुनेछन् ।

प्रतियोगितामा एथ्लेटिक, कबड्डी र भलिबललगायतका खेल हुने छ। प्रतियोगितामा विजयी हुनेले रनिङ सिल्ड, ट्रफी र प्रमाणपत्र पाउने छन्।