close

पोखरामा दोस्रो अन्तर वडा भलिबल प्रतियोगिता सुरु

पोखरामा दोस्रो अन्तर वडा भलिबल प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिका दोस्रो अन्तर वडा भलिबल प्रतियोगिता २०७९ सोमबार देखी सुरु भएको छ । महानगरको पोखरा खेलकुद विकास समितिले आयोजनामा उक्त पोखरा रङ्गशालामा सुरु उक्त प्रतियोगिता सुरु भएको हो।

आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै प्रमुख आचार्यले खेलकुदको विकास प्रति महानगरपालिका प्रतिवद्ध रहेको बताए।

खेलाडीहरूको क्षमता अभिवृद्धि सहित थप अवसरहरूको सृजनाका लागि यस्ता प्रकारका प्रतियोगीताहरु आवश्यक रहेको उनले बताए। खेलकुदको माध्यमले अनुशासित नागरिक निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे। 

पोखरा महानगरपालिकाको आयोजनामा अन्तर नगरपालिका भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी भइरहेको छ। प्रमुख आचार्यले त्यसका लागि पोखरा महानगरपालिकाका उत्कृष्ट खेलाडीहरू छनौटका लागि समेत जारी प्रतियोगिता महत्त्वपूर्ण हुने बताए। यस प्रतियोगिता मार्फत पोखरा महानगरपालिकाको एक उत्कृष्ट टिम घोषणा गरिने छ । सो टिमले निकट भविष्यमा आयोजना गरिने अन्तर नगरपालिका भलिबल प्रतियोगितामा आयोजक पालिकाको तर्फबाट सहभागिता जनाउने छ । 

अन्तर वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ पोखरा महानगरपालिकाका १६ वटा वडाहरूले सहभागिता जनाएका छन्। महिला तर्फ वडा नं.१५, १८ र २३ गरी तिन वटा वडाले सहभागिता जनाएका छन् । सोमबार पुरुष तर्फ पहिलो चरणका खेलहरू भइरहेका छन् । प्रतियोगिताको विजेताले नगद रु ६० हजार, उपविजेताले रु।४० हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।