close

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा

Trulli
ADVERTISEMENT

चितवन। नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता चितवनको माडीमा हुने भएको छ । 

चितवन जिल्ला एथलेटिक्स सङ्घले आइतबार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १३ गतेसम्म माडी नगरपालिकाको वसन्तपुर खेल मैदानमा राष्ट्रिय प्रतियोगिता हुन लागेको जनाएको हो । 

प्रतियोगितामा सात वटै प्रदेशबाट एक सय ३५ महिला तथा पुरुष खेलाडी सहभागी हुनेछन् । प्रत्येक प्रदेशबाट हरेक विधामा दुई जना खेलाडी सहभागी हुने सङ्घका जिल्ला अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिनुभयो । 

खेलाडीले २६ विधामा २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रथम हुनेलाई रू पाँच हजार, द्वितीय हुनेलाई रू तीन हजार र तृतीय हुनेलाई रू दुई हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
 
विश्व एथलेटिक्सको नियममा रहेर प्रतियोगिता सञ्चालन गरिने छ । ग्रामीणस्तरमा खेलाडी उत्पादन गर्ने तथा खेललाई पर्यटन र विकाससँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न रू २७ लाख दुई हजार सात सय २० लाग्ने आयोजकले अनुमान गरेको छ । 

प्रतियोगितामा जुनियर राष्ट्रिय कीर्तिमानी खेलाडीलाई नगद रू सात हजारसहित सम्मान गरिनुका साथै एक÷एक जना उत्कृष्ट महिला पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।