close

रैनादेवी छहरामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रैनादेवी छहरामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

 पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । एक समारोहको बीचमा सोमबार प्रतियोगिता सुरु भएको हो । 

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराको साथ प्रतियोगिता सुरु भएको नगरपालिकाले जनाएको छ ।  लुम्बिनी प्रदेश सभाका सभामुख माननीय तुलाराम घर्ति मगरको प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, प्रवक्ता देवेन्द्र पुनको विशिष्ट आतिथ्यता लगायत अन्य जनप्रतिनिधि, कर्मचारीहरू, शिक्षकहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद आगामी २५ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । विभिन्न विधामा सञ्चालन हुने खेलकुद प्रतियोगितामा विजयीलाई प्रमाणपत्रसहित पुरस्कारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।