close

रैनादेवी छहरामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता सम्पन्न

रैनादेवी छहरामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता सम्पन्न

Trulli
ADVERTISEMENT

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार प्रतियोगितामा विभिन्न १२ विधामा खेलहरू सञ्चालन गरिएको  छ । १० स्वर्ण पदक सहित कुल जम्मा ३६ अङ्क प्राप्त गरेर भैरव नवदीप मावि प्रथम, वेदवेदाङ्ग संस्कृत तथा साधारण मावि ५ स्वर्ण सहित जम्मा २७ जम्मा अङ्क प्राप्त गरेर द्वितीय र महाकाली माविले ३ स्वर्ण सहित २१ जम्मा अङ्क प्राप्त गर्दै तृतीय स्थान हासिल गरेको गाउँपालिका  अध्यक्ष रुक्माङ्गत भट्टराई जानकारी दिए । 

विजेता विद्यालयका विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको जनाएको छ ।

 गाउँपालिका अध्यक्ष  भट्टराईले सहभागी सम्पूर्ण विद्यालय तथा खेलाडीहरूलाई धन्यवाद व्यक्त गरेका दिए । उनले सो प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई जिल्लास्तरिय प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेका थिए ।