close

मन्थलीमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

मन्थलीमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

रामेछाप । मन्थली नगरपालिकामा  पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाद्धारा आयोजित प्रतियोगिता बिहिबार एक समारोह बीच उद्घाटन गरिएको हो । 

प्रतियोगिता माघ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण माध्यमिक विद्यालयको सहभागिता रहेको नगर प्रमुख लब श्रेष्ठले बताए । 

उनका अनुसार प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कबड्डी, तेक्वान्दो, उसु र कराँते विधाका खेलहरु संचालन हुनेछन । खेलमा विजेता विद्यार्थी र विद्यालयलाई पदक र प्रमाणपत्रसहित पुरस्कार वितरण गर्ने जनाइएको छ ।