close

केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

केपिलासगढीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

Trulli
ADVERTISEMENT

खोटाङ। केपिलासगढी गाउँपालिकाले  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाले आइतबार एक सुचना जारी गर्दै वडा नं ४ स्थित पृथ्वी मावीको खेल मैदानमा यही फागुन ७, ८ र ९ गते प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ। खेलमा विद्यार्थीहरुलाई सहभागि गराउन पालिकाभित्रका सम्पुर्ण माध्यमिक विद्यालयलाई अनुरोध गरेको छ । 

कार्यक्रममा छात्र र छात्रा तर्फ भलिबल, दौड, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो, कवड्डीमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुने छ।