close

मोदीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिता सम्पन्न

मोदीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

 पर्वत । मोदी गाउँपालिकामा अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिता सम्पन्न भएको छ । विकास अनुशासन र स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगिता सम्पन्न भएको हो । 

  प्रतियोगितामा पदक गाउपालिकाको ६ तिलाहर अन्तरगत नवजागृत माध्यमिक विद्यालयले हासिल गरेको छ । प्रतियोगितामा तीन विधामा पुरस्कार विभाजन गरिएको  गाउयँपालिकाले जनाएको छ । 

वजागृत माविले प्रथम पदक, द्वितिय पशुपति मावि र तृतीय महेन्द्र शिखरी मावि र जन सिद्व मावि भएको गाउँपालिकाले जनाएको छ। त्यस्तै गरि भुक देउराली माविले १,जननेत्र माविले ७,सरस्वती माविले १३, शालिजा माविले ११,नवज्योती थम माविले ३ हिमालय माविले ६, नमुना आवसीय माविले १ र भवानी आधारभुत विद्यालयले १ प्रकारको खेलमा सफलता हासिल गरेको छ । 

१५ भन्दा बढी विद्यालयबाट प्रतिस्पर्धीहरु आन्तरिक प्रतिस्पर्धामा उत्रिएको खेलमा छात्र छात्रा भलिबल प्रतियोगिता, एथलेष्टिक्स तर्फका खेल, हाइजम्प, लङजम्प लगायतका खेलहरु सञ्चालन भएका थिए  ।