close

भक्तपुरमा अन्तरनगर पुरुष खो खो प्रतियोगिता हुने

भक्तपुरमा अन्तरनगर पुरुष खो खो प्रतियोगिता हुने

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले अन्तरनगर पुरुष खोखो प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले फागुन ५ गतेदेखि ९ गतेसम्म सहिद स्मृती खेलकुद मैदानमा प्रतियोगिता गर्न लागेको हो । 

नगरपालिकाको अनुसार प्रतियोगितामा १४ वटा नगरपालिकाले सहभागी जनाउने छन् । नगरप्रमुख सुनील प्रजापतिको अनुसार विद्यार्थीहरुलाई खेलकुद प्रतियोगितामार्फत सक्रिय बनाउने उद्देश्यअनुसार प्रतियोगिता आयोजना गरिएको हो  । उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै वार्षिक रुपमा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । नगरपालिकाको खेलकुद समितिको छलफल र निर्णयको आधारमा प्रतियोगिता सञ्चालन गरिने उनले बताए  । 

 भक्तपुरले पहिलो पटक राष्ट्रियस्तरको खोखो प्रतियोगिता हुन लागेको उनको दावी छ ।  उनले नगरपालिकाले समयसमयमा विभिन्न विधामा खेलकुद प्रतियोगिता सञ्चालन भएपनि पहिलो पटक पुरस्कारको व्यवस्था गरिएको बताए  । 

उनका अनुसार प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको छ ।  साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । 

सो प्रतियोगिताको लागि नगरपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । प्रतियोगिताको उद्घाटन फागुन ५ गते बिहान १० तचपालबाट र्याली सुरु भएर सहिद स्मृती खेलकुदमा मैदानमा पुगेपछि उद्घाटन हुनेछ ।

नगरपालिकाले सांस्कृतिक, सम्पदा, खेलकुदको संरक्षणको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोले साँस्कृतिक नगरको रुपमा घोषणा गर्नको लागि प्रदेश सरकारसँग माग गरेका छन् ।