close

मालिका रनिङ्ग शिल्ड तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

मालिका रनिङ्ग शिल्ड तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

गुल्मी । मालिका गाउँपालिकामा मालिका रनिङ्ग शिल्ड तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा फागुन १ देखि ३ गतेसम्म प्रतियोगिता सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार प्रतियोगितामा तिखेचुली यूवा क्लब मालिका १ नेटा प्रथम भएको छ ।   बडीगाड गाउँपालिका कर्मचारी समूह द्धितीय, मालिका गाउँपालिका जनप्रतिनिधिहरुको समूह तृतिय र मालिका गाउँपालिका वडा नं ५ शिक्षक समूह सान्तना स्थान हासिल गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । 

त्यसै गरि राष्ट्रपति रनिङ्ग शिल्ड तर्फ १२ स्वर्ण, ३ रजत र ६ कास्य पदक गरि जम्मा २१ पदक सहित देविस्थान मा वि घमिर प्रथम स्थान हासिल गरि राष्ट्रपति रनिङ्ग शिल्ड सफल भए। ७ स्वर्ण, ५ रजत र ३ कास्य पदक गरि जम्मा १५ पदक सहित छापहिले मा वि द्धितिय स्थान हासिल गर्न सफल भयो भने ४ स्वर्ण, १२ रजत र ४ कास्य पदक गरि जम्मा २० पदक सहित मालिका मा वि ले तृतिय स्थान हासिल गरेको गाउँपालिकाले जनाएको छ।