close

राष्ट्रपति रनिङ शिल्डको उपाधि वीरेन्द्रदोयलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि वीरेन्द्रदोयलाई

Trulli
ADVERTISEMENT

सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिकामा आयोजित स्थानीय तह अन्तरविद्यालय स्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरेन्द्रदोय माध्यमिक विद्यालय, मुक्लीले जितेको छ । योसँगै सो विद्यालयले लगातार तीन वर्ष उपाधि जितेको छ । 

यही फागुन १ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा मुक्ली माविले २० स्वर्ण पदक जितेको छ । यस्तै १२ स्वर्णसहित जनता मावि लोखिम दोस्रो तथा छ स्वर्णसहित देउसा मावि तृतीय भएको छ । प्रतियोगितामा विजयी छात्र छात्रालाई थुलुङ दुधकोशीका अध्यक्ष असिम राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन्। 

प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १५ हजार, रु १२ हजार र रु १० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने गाउँपालिकाले जनाएको छ ।