close

दशरथचन्द राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

दशरथचन्द राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

बैतडी । दशरथचन्द नगरपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित प्रतियोगिता एक समारोहमा सम्पन्न गरिएको हो । 

प्रतियोगितामा   दानेश्वर नागार्जुन मावि रातामाटा पहिलो भएको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरेको छ । 

प्रतियोगितामा दोस्रो भएको निङ्लासैनी मावि देहिमाण्डौँले सात स्पर्ण, पाँच रजत र चार कास्य पदक प्राप्त ग¥यो  । उसले रु १५ हजार पुरस्कार पायो । तीन स्वर्ण, तीन रजत र दुई कास्यसहित मणिलेक मावि गुरुखोला तेस्रो भयो । गुरुखोलाले रु १० हजार पुरस्कार प्राप्त ग¥यो ।  

निङ्लासैनी खेलमैदानमा भएको प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर चन्दले जानकारी दिए । दशरथचन्दमा पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, प्रदेशसभा सदस्य जानकी ऐर बम, निवर्तमान प्रदेशसभा सदस्य लीलाधर भट्ट, नगर प्रमुख पुष्करराज जोशी ‘लख्खाभाइ’, नगर उप्रमुख कौशिला चन्दलगायतको सहभागिता थियो ।