close

‘रौतामाई अध्यक्ष फुटबल कप’ सञ्चालन हुने

‘रौतामाई अध्यक्ष फुटबल कप’ सञ्चालन हुने

Trulli
ADVERTISEMENT

उदयपुर। रौतामाई गाउँपालिकाममा ‘रौतामाई अध्यक्ष फुटबल कप’ सञ्चालन हुने भएको छ।

यही फागुन १५ गते देखि २१ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। रौतामाई गाउँपालिकाको प्रायोजन तथा रौता स्पोर्टस क्लब रौतामाई ७ मुर्कुचीको आयोजनामा सुकौरा खेल मैदानमा फुटबल कप सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ। 

साथै फागुन २० गते सेमिफाइनल खेल अगाडि रौतामाई गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण खेल हुने गाउँपालिकाले जनाएको छ।