close

प्रथम राष्ट्रपति रनिङ शिल्डमा रोल्पा नगरपालिका प्रथम

प्रथम राष्ट्रपति रनिङ शिल्डमा रोल्पा नगरपालिका प्रथम

Trulli
ADVERTISEMENT

रोल्पा। रोल्पामा जिल्लास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सम्पन्न भएको छ। सदरमुकाम लिबाङमा चार दिनसम्म आयोजना भएको प्रतियोगितामा  रोल्पा नगरपालिका प्रथम भएको छ। 

जिल्ला खेलकुद विकास समितिका अनुसार रोल्पा नगरले १६ वटा स्वर्ण, ११ वटा रजत र वटा १९ कास्य पदक प्राप्त गरेको हो । बुधबार सम्पन्न उक्त प्रतियोगितामा त्रिवेणी गाउँपालिका दोस्रो र तेस्रो स्थानमा सुनिलस्मृति गाउँपालिकाले जीत हाँसिल गरेको छ। प्रतियोगितामा १० स्थानीय तहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।