close

क्रिकेट हेर्न जनकपुरका विद्यालयमा २ बजदेखि विदा

क्रिकेट हेर्न जनकपुरका विद्यालयमा २ बजदेखि विदा

Trulli
ADVERTISEMENT

धनुषा - जनकपुर उपमहानगरपालिकाले  दिउँसो २ बजेदेखि  शैक्षिक संस्थालाई विदा दिएको छ । उपमहानगरपालिकाले बुधबार दिउँसो ३ बजेदेखि सुरु भएको एसियाली कप क्रिकेट खेल हेर्नको लागि विदा दिएको हो ।

उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवको निर्णयमा एक सूचना जारी गरी उपमहानगरअन्तर्गतका संस्थागत तथा सामुदायिक विद्यालयलाई विदा दिएको छ । नेपाली क्रिकेट टिम एसियाली कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टोलीसँग प्रतिस्प्रर्धा गर्नु गौरवको कुरो भएकोले उपमहानगरपालिकाले विदा दिएको सो सूचनामा उल्लेख छ । 

नेपाली खेलाडीलाई हाैसला बढाउनको लागि उपमहानगरपालिकाले विदा दिने निर्णय गरेको नगरप्रमुख मनोज कुमार साहका स्वकीय सचिव मनोजकुमार महतोले पालिकाखबरलाई जानकारी दिए । उनले खेल हेरेर विद्यार्थीले केही जानकारी समेत लिन सक्ने बताए । 

उनले खेलको अरु दिन विद्यालयमा विदा दिने वा नदिने भन्ने विषयमा आफू जानकार नभएकाे बताए ।