close

क्रिकेट हेर्न वीरगञ्जमा दिउँसो २ बजेदेखि विदा

क्रिकेट हेर्न वीरगञ्जमा दिउँसो २ बजेदेखि विदा

Trulli
ADVERTISEMENT

पर्सा - वीरगञ्ज महानगरपालिकाले आज दिउँसो २ बजेदेखि विदा दिएको छ । एशिया कप क्रिकेट प्रतियोगिता २०२३ अन्तर्गत सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगिता हेर्न सोमबार दिउँसो २ बजेदेखि महानगरपालिकाले विदा दिएको हो । 

महानगरपालिकाले एक सूचना जारी गर्दै विदा दिने जनाएको छ ।  ३:१५ बजेदेखि सुरु हुन लागेकाे खेल हेर्नका लागि महानगरपालिकाले २ बजेदेखि नै विदा दिने भएको छ । महानगरले जारी गरेको सूचना अनुसार क्रिकेट खेललाई अभिवृद्धि गर्न तथा एशिया कपमा सहभागी भएका खेलाडीको हौसला बढाउनका लागि सो निर्णय गरेको हाे। 

२ बजेपछि महानगर अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने सो सूचनामा उल्लेख गरिएको छ । यसअघि गत शुक्रबार नेपाल र पाकिस्तानबीच भएको खेलमा जनकपुरधाम उपमहानगरपालिकाले दिउँसो २ बजेदेखि विद्यालयमा विदा दिएको थियो ।