close

तामाकोशीले खेलकुलमा पुरानै कार्यक्रमलाई नै निरन्तरता

तामाकोशीले खेलकुलमा पुरानै कार्यक्रमलाई नै निरन्तरता

Trulli
ADVERTISEMENT

दोलखा– तामाकोशी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा खेलकुद क्षेत्रकाे प्रवर्द्धन गर्नका लागि २२ लाख रुपैयाँ बजेट विनियाेजन गरेकाे छ । गाउँपालिकाले खेलकुदसम्बन्धि नियमित कार्यक्रमलाई निरन्तरता दिनका लागि साे  उक्त बजेट  विनियाेजन गरेकाे हाे । 

गाउँपालिकाले चालू आवमा पुरानै कार्यक्रमलाई नि‍रन्तरता दिने जनाइएकाे छ ।  गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिने पालिकाका शिक्षा शाखाका प्रमुख बिमल प्रसाद निरौलाले बताए ।

 उनका अनुसार गाउँपालिकाले प्रतियोगिता मंसिरमा सञ्चालन गर्ने गरि तयारी भइरहेको छ । गाउँपालिकाले विद्यालय स्तरमा खेलकुदका नियमित कार्यक्रम गर्ने तथा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको उनले पालिकाखबरलाई सुनाए ।