close

नेपाल यु-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल यु-१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै घरेलु टोलीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेलको १७ औं मिनेटमा प्रशान्त लक्षमले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । समिर तामाङले ३० औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । 

दोस्रो हाफमा ५८औं मिनेटमा लायन रसिदले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेलको ८८ मिनेटमा  निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए । 

दोस्रो हाफको इन्जुरी समयमा निराजन धामीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो ।