close

एसियाली खेलकुदमा नेपालले बनायो ३ विश्व रेकर्ड

एसियाली खेलकुदमा नेपालले बनायो ३ विश्व रेकर्ड

Trulli
ADVERTISEMENT

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टि-२० क्रिकेटमा नेपालले दुर्लभ किर्तिमान बनाएको छ । 

आज भएको खेलमा नेपालले मंगोलियालाई ३१५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । यो टि-२० इतिहासकै उच्च योगफल हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २७८ रन बनाएका थिए ।

यस्तै नेपालका अलराउण्डर दीपेन्द्र सिंह क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेका हुन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो अर्धशतक भारतीय ब्याटर युवराज सिंहले १२ बलमै अर्धशतक पूरा गरेका थिए ।

यता  नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्ल सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै उक्त दुर्लभ विश्व कीर्तिमान बनाएका हुन् ।