close

चीनमा नेपालको दोस्रो शानदार जीत : माल्दिभ्सलाई १३८ रनले हरायो

चीनमा नेपालको दोस्रो शानदार जीत : माल्दिभ्सलाई १३८ रनले हरायो

Trulli
ADVERTISEMENT

काठमाडौं- चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भएको हो । 

नेपालको जितमा तीव्रगतिका बलर अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५-५ विकेट लिएका थिए । त्यस्तै नेपालबाट माल्दिभ्सविरुद्ध सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

नेपाल समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएको थिए ।