close

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं चीनमा जारी १९औं एसिया खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा भारतले नेपाललाई २०३ रनको लक्ष्य प्रस्तुत दिएको छ । 

क्वार्टरफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको छ । भारतका अन्य ब्याट्सम्यान खासै चल्न नसके पनि यशस्वी जयसवालले शतकीय प्रर्दशन गरे । 

जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरेका हुन् । कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक/एक विकेट हात पारे ।