close

बालबालिकाको खेलकुद क्षमता अभिवृद्धि गर्न डेढ लाख विनियोजन

बालबालिकाको खेलकुद क्षमता अभिवृद्धि गर्न डेढ लाख विनियोजन

Trulli
ADVERTISEMENT

बारा- परवानीपुर गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै आएको छ । गाउँपालिकाभित्रका बालबालिकाको क्षमता अभिबृद्धि तथा क्षमता पहिचानको लागि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको हो । 

गाउँपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति रविन्द्रकुमार मिश्रका अनुसार पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा खेलकुदको लागि करिब डेढ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकमबाट पालिकास्तरीय तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार गाउँपालिकाले स्थानीय खेल, हाइजम्प, लङजम्प, वादविवाद, हाजिरीजवाफ तथा  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगितामा पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको समान सहभागिता रहने उनले बताए । 

दुवै विद्यालयमा खेलकुदप्रति समान उत्सुकता रहेको उनको अनुभव छ ।