close

नेपालले पायो १४१ रनको विजयी लक्ष्य

नेपालले पायो १४१ रनको विजयी लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालमा आजदेखि सुरु भएको त्रिकोणात्मक टि२० आई सिरिजमा  युएईले घरेलु टोली नेपाललाई १४१ रनको मध्यम लक्ष्य दिएको छ । 

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो । युएईका बासिल हामिदले ३८ बलमा सर्वाधिक ५१ रन बनाए । 

नेपालका करण केसीले ३ विकेट लिए । गुलशन झाले २ विकेट, सोमपाल कामीले १ विकेट र अभिनाश बोहराले १ विकेट लिए ।