close

त्रिकोणात्मक क्रिकेटमा नेपालको विजयी सुरुवात

त्रिकोणात्मक क्रिकेटमा नेपालको विजयी सुरुवात

Trulli
ADVERTISEMENT

काठमाडौं- त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जीत निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो ।  

मुलपानी क्रिकेट मैदानमा जितको लागि १४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा कप्तान रोहित पौडेल ५१ रनमा नट आउट रहे । रोहितले मोहम्मद जवादुल्लाहलाई अन्तिम बलमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको युएइले घरेलु टोली नेपालविरुद्ध ७ विकेट गुमाएर १४० रन बनाएको थियो । युएईका बासिल हामिदले ३८ बलमा सर्वाधिक ५१ रन बनाए ।