close

नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा

नेपाल त्रिकोणात्मक सिरिजको फाइनलमा

Trulli
ADVERTISEMENT

नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२० आईको फाइनलमा प्रवेश गरेको छ ।  आज भएको खेलमा  युएईलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

नेपालले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन जोड्यो । नेपालका लागि सोमपाल र अभिनाशले २-२ विकेट लिए । करण केसी र गुलशनको नाममा १-१ विकेट रह्यो ।

जवाफी ब्याटिङमा आएको नेपालले १९.२ बलमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि आशिफ शेखले ५० बलमा सर्बाधिक ६२ रन बनाए । कप्तान रोहित पौडेलले ४७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ बलमा अबिजित ४० रन बनाए ।