close

नेपालले जित्यो एसीसी यू–१९ प्रिमियरको उपाधि

नेपालले जित्यो एसीसी यू–१९ प्रिमियरको उपाधि

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालले युएईलाई हराउँदै एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । 

युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । जितको लागि २७ ओभरमा १९८ रनको विजयी लक्ष्य पछ्याएको युएई २६.५ ओभरमा १७८ रनमा अल आउट भयो ।

जितको लागि २८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।

नेपालका आकाश त्रिपाठीले ५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ३ विकेट, आकाश चन्दले २ विकेट र हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८० रन बनाएको थियो ।

नेपालको जीतमा देव खनालले सर्वाधिक शतकीय इनिङ खेलेका थिए । नेपाल उपाधिसहित एसिया कपमा पनि छनोट हुँदा युएई र जापान पनि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।