close

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं- टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । 

मंगलबार त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६५ रन बनायो ।

ओपनर सैयद अजीजले ६८ र जुबैदी जुल्किफले २४ रन बनाउँदै मलेसियालाई सानदार सुरुवात दिलाएका थिए । तर त्यसपछिका ब्याट्सम्यान खासै जम्न सकेनन् ।

नेपालका अविनाश बोहोराले ४ विकेट लिए । रोहित पौडेल, गुल्सन झा र सन्दीप लामिछानेको नाममा एक एक विकेट रह्यो ।