close

आइसीसी टी–२० विश्वकपमा छनोट हुन युइएले नेपाललाई दियो १३५ रनको लक्ष्य

आइसीसी टी–२० विश्वकपमा छनोट हुन युइएले नेपाललाई दियो १३५ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौँं - आइसीसी टी–२० विश्वकप छनोटका लागि युएईले नेपालको लागि  १३५ रनको लक्ष्य दिएको छ ।

शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले ९ विकेट गुमाएर १३४ रन जोड्यो । टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा सो लक्ष्य दिएको हो ।

युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो । तर चौथो ओभरमा सोमपालले एक रन आउटसहित दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । तीन ओभरमा १० रन मात्रै खर्चिएर ३ विकेट लिएका हुन् । त्यस्तै सन्दीप लामिछानेले, सर्वाधिक २ विकेट लिए उनले चार ओभरमा १४ रन मात्रै खर्चिएर एक मेडनसहित २ विकेट लिए । त्यस्तै रोहित पौडेलले एक विकेट लिए । 

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन् । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ । 

युएईका लागि भृत्य अरविन्दले अर्धशकीय पारी खेले । कप्तान मोह्मद वासिमले २६, आशिफ खानले १३, अलिशान शाराफुले १६ रन जोडे ।