close

१० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट

१० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट

Trulli
ADVERTISEMENT

काठमाडौं - आइसीसी  टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट भएको छ । युएईलाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो । 

ओपनर आसिफ शेखको अर्धतकमा नेपाल आइसिसी टि२० विश्वकपमा छनोट भएको  हाे । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १  ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए ।

दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । 

युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।