close

फाइनल म्याच भोलि : भूकम्प पीडितको उद्धारमा क्रिकेट हेर्न जाने दर्शकको भूमिका रहने

फाइनल म्याच भोलि : भूकम्प पीडितको उद्धारमा क्रिकेट हेर्न जाने दर्शकको भूमिका रहने

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितको उद्धारमा सहयोग गर्ने जनाएको छ । 

टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार बिहान ११ बजे नेपाल र ओमान भिड्दैछन् । क्यानले शनिबार सूचना निकालेर फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई दिने जनाएको हो  । 

संघका सचिव पारस खड्काअनुसार भोलि अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने लक्ष्य छ । शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्बु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा कम्तीमा १२८ जनाको ज्यान गएको छ ।