close

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं- आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपालले १८४ रन बनाएको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।