close

नेपाल तान्जानियासँग पराजित

नेपाल तान्जानियासँग पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं- हङकङमा जारी ४ राष्ट्र सम्मिलित महिला टि-२० क्रिकेटमा बुधबार पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । 

तान्जानियाले दिएको ११६ रनको लक्ष्य पछएको नेपाल नेपाल १६.५ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिएको थियो । नेपालका लागि सिता रानाले सर्वाधिक ४३ रन बनाइन् । 

तान्जानियाका लागि सोफिया जोरेमीले सिताको सहित ३ विकेट लिइन् । निमा पिइसले २ तथा प्रिसी जाकायो, एमवालाभुवा उसान्गा र इशा मोहमदले समान १ विकेट लिए । त्यसअघि हुड्डा ओमरीले २५ र इशाले २१ रन बनाएकी थिइन् । नेपालका संगिता राईले २, पुजा, रुविना र इन्दुले समान १ विकेट लिएका थिए ।