close

वडाध्यक्ष अधिकारीको मासिक सेवासुविधा भलिबल टिमलाई

वडाध्यक्ष अधिकारीको मासिक सेवासुविधा भलिबल टिमलाई

Trulli
ADVERTISEMENT

अछाम- मेल्लेख गाउँपालिका वडा न. ५ बिन्धेवासिनिका वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले एक महिना बराबरको सेवासुविधा गाउँपालिकाका खेलाडीलाई दिने भएका छन् । 

केही दिन अघि बाजुराको बुढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम नगर प्रमुख कपमा मेल्लेख गाउँपालिकाको टिमले प्रथम स्थान हासिल गरेपछि वडाध्यक्ष अधिकारीले यस्तो घोषणा गरेका हुन् । 

खेलाडीहरुले नि:स्वार्थ रुपमा आफ्नो पालिकाको लागि खेलिरहेका हुँदा खेलाडी हौसला होस् भनेर हौसा दिनको लागि सहयोग गरेको अध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष अधिकारी भलिबलका खेलाडी समेत हुन । उनले विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाट भलिबल खेलमा सहभागी जनाएका थिए ।